चीन गएका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘हर्टअट्याक’

83

काठमाडौ । चीन गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

श्रेष्ठको सचिवालयका अनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । उनको मुटुको हिजो नै एन्जीओप्लास्टी गरिएको छ । उनलाई माइल्ड हर्टअट्याक भएको बताइएको छ । भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको बताइएको छ। गृहमन्त्री श्रेष्ठको मुटुमा एन्जियोप्लाष्ट गरी एउटा स्ट्याण्ड राखिएको छ। आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए । मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए ।