काठमाडौं । बझाङमा घाँस काटने क्रममा एक महिलाको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको साईपाल गाउँ पालिका वडा नं. ३ काया कि ४० बर्षिया सुनधारा गुरुङ रहेकी छिन । उनि हिजो दिउँसो २ बजे कायाखोला भन्ने भिरमा घास काटने क्रममा लडेर शक्त घाइते भएकी थिइन । लडेर घाइते भएकी गुरुङ लाई सो ठाँउ बाट उपचारका लागि उनका आफन्तले ल्याउदै गर्दा केहि बेरमै उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ । -साइपाल एफएमबाट