काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घरघरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए। उनले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घरघरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए। उनले ६०-७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए। उनले भने, ‘बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ। आज हामीले डाक्टरसावको कुरा पनि सुन्यौँ। उहाँहरूको काम वर्षभर घरघरमा स्वास्थ्य सेवा र जनचेतना फैल्याउने हो। हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ। तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन्। घरघरमा स्वास्थ्यको सेवा दिन घरघरमा पुग्नुपर्छ। वर्षभर बाथ रोगको जनचेतना फैल्याउनुपर्छ। बाथरोगको बारेमा हामीले सुन्यौँ। ६०-७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ। त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ। समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ।’महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए।














