काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आपराधिक विश्वासघात र भन्सार छलीको कसुरसमेत गरेको अभियोग पत्रमा उल्लेख छ । रतिवादीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो कायम गरिएको छ । यस्तै अभियोग पत्रमा प्रतिवादीहरुको संलग्नतामा प्रतिवादीहरुले अन्तराष्ट्रिय रुपमा संगठन तथा सञ्जाल विस्तार गरी उक्त सञ्जाल नेपालमा समेत संगठित भएको समूहलाई सहयोग, मद्दत गरी आफूहरुलाई समेत आर्थिक लाभ प्राप्त गर्ने र राज्यलाई हानी नोक्सानी पुऱ्याउने कार्य गरेकोले निजहरुको उक्त कार्य संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१) र (२) मा निषेधित एवं परिभाषित एवं सोही ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिमको कसूर गर्न सोही ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि हुन आएको उल्लेख छ ।