-हेमराज ढकाल
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पशुधनको रक्षाकोलागि नगरपालिका सधै सचेत रहेको बताउनु भएको छ ।शनिबार श्रीकृष्ण माविमा आयोजित युवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ”तपाईहरु आफुले पालेका गाई, भैसी, भेडा, बाख्राको बीमा गरेर आउनुस हामी पैसा तिरिदिन्छौं ।”
आफुलाई मन लागेको कम्पनिसंग किसानले बीमा गरेर त्यसको भुक्तानी लिन आवश्यक कागजपत्रकासाथ नगरपालिका आउनु उहाँले सबै नगरबासीमा आग्रह गर्नु भएको छ ।
लम्पी स्क्रिन रोगबाट पशु चौपाय मर्नुभन्दा अगाडीनै करिब ३ यस वटाको बीमा नगरपालिकाले गरिसकेकाले त्यसको रकम सम्बन्धीत बीमा कम्पनिबाट लिन समेत नगरप्रमुख खत्रीले आग्रह गर्नु भएको छ । चाँगुनारायण नगरपालिका भित्र मात्रै करिब ९ सय पशु लम्पी स्क्रिन रोगबाट मरेको उहाँले जानकारी दिनु भयो । आफु निर्वाचित भएर आएपछि प्रक्रियामा रहेको नगरस्तरीय सहकारी संजाललाई सहकारी क्षेत्रका अनुभवी प्रह्लाद बास्तोलाको नेतृत्वमा सक्रिय गराएर अनुगमन गरिएको उहाँको भनाई छ ।
राज्यको नियम अनुसार सहकारीको अनुगमन गर्ने जिम्मा स्थानिय सरकारको भागमा रहेकाले त्यसै अनुसार हालसम्म करिब ९ वटा सहकारीको अवस्था के कस्तो छ भनेर अनुगमन गरिएको नगरप्रमुख खत्रीले जानकारी दिनु भयो । नगरभित्र करिब ७५ वटा सहकारी भएपनि २५ वटा बाहेक अन्य ५० सहकारीमा भने समस्या रहेको उहाँको भनाई छ । ऋण र बचतमा भन्दापनि अब सहकारीहरु उत्पादनको क्षेत्रमा लागेर आफ्नो ठाउँलाई आत्मनिर्भर बनाउनु लाग्नु पर्ने उहाँको । ‘बचत कर्ताको बचत फिर्ता दिन नसक्ने, संचालक भाग्ने रोग भएका संस्थाहरुको नगरपालिका अगुगमन गरेर उपचार गर्न लागिरहेको छ,’ नगरप्रमुख खत्रीले भन्नु भयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ फेदिमा मुख्य कार्यालय रहेको यस सहकारीले शनिबार भब्य रुपमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । हालसम्म यो संस्थामा महिला २ हजार ९८३ जना, पुरुष २ हजार ७८७ जना, बाल बचता कर्ता १ हजार ६९१ र संस्थागत सदस्यता १५ वटा रहेको सहकारीका सचिब जयराम बास्तोलाले जानकारी दिनु भयो । सचिब बास्तोलाका अनुसार आर्थिक वर्ष २०७९/०८० सम्म यो सहकारीको शेयर पुँजी ७ करोड ५३ लाख ३३ हजार रहेको छ ।
साधारण सभामा आफ्नो भनाई राख्दै यस सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले धेरै ब्याजको लोभमा फसेर जुनपायो तेही संस्थाका कारोबार नगर्न सबैमा आग्रह गर्नु भएको छ । उहाँले सहकारीको नीति र सिद्धान्तमा रहेर बचतकर्ताको बचत सुरक्षित गर्न र ऋण लगानीको वातावरण बनाउन संस्था सबै सचेत रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीहरु, सहकारी अभियानकर्ता,संस्थाका बचत तथा शेयर लगानीकर्ताहरुको बाक्लो उपस्थिती रहको थियो ।