एसईई उतिर्ण बाल बचत कर्तालाई युवा सहकारीको सम्मान

108

भक्तपुर ।  श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईई उतिर्ण बाल बचत कर्ताहरुलाई सम्मान गरेको छ । चागुनारायण नगरपालिका वडा न. ६ मुख्य कार्यालय यस सहकारीको युवा तथा बाल बालिका उपसमितिको आयोजनामा २०७९ सालमा एसईई  उतिर्ण बाल बचत सदस्य सम्मान तथा छात्रबृत्ती वितरण कार्यक्रम सम्पन्न गरेको सस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिनुभएको छ ।

बास्तोलाका अनुसार कार्यक्रममा उत्कृष्ठ १ जना छात्र, १ जना छात्रा , ९ जना विपन्न तथा जेहेनदार गरी ११ जनालाई प्रतिब्यक्ती रु १० हजारका दरले छात्रबृत्ती बितरण गरिएको हो । “३२ जना छात्र, छात्रालाई रु १ एकहजार नगद , सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरी कार्यक्रम सम्पन्न गरिएको छ,” सचिब बास्तोलाले भन्नुभयो ।