भक्तपुर । एमनेष्टी ईन्टरनेशनल नेपाल समुह-५६ को साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ स्थित क्वालिटी ईङ्लिस सेकेण्डरी स्कुलको प्राङ्गणमा २६ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । एम्नेष्टी इन्टरनेशनल नेपालको उपमहासचिव होम बहादुर अधिकारीको प्रमुख आतिथ्य, एमनेष्टी ईन्टरनेशनल नेपाल शाखाका निबर्तमान अध्यक्ष बिक्रम धुकुछु, एमनेष्टी ईन्टरनेशनल नेपाल समुह-५६ का सल्लाहकार राधाकृष्ण भण्डारी, समुह-१७ का संयोजक सुर्य लक्ष्मी म्याम र समुह-५० का निबर्तमान संयोजक निरु ताल्चाभडेल, क्वालिटी युथ नेटवर्कको संयोजक रोशनी खड्का तथा सदस्यहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रममा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा जय प्रजापति संयोजक, गीता खड्का सह संयोजक, राम कुमार नेपाल सचिव, जयराम कार्की सहसचिव, कृष्णसिंह महत कोषाध्यक्ष, शंकर नागाजु सह कोषाध्यक्ष र शेखर खड्का, रोजिना लामिछाने खड्का र स्नेहा लामिछाने सदस्यमा हुनु भएको छ ।
नव गठित समितिलाई प्रमाणपत्र प्रदान गर्दै एम्नेष्टी इन्टरनेशनल नेपालको उपमहासचिव होम बहादुर अधिकारीले मानव अधिकारको संरक्षण र संवद्र्धन गर्नु र कर्तव्यको पालन गराउनु हामी मानवअधिकारकर्मीको धर्म रहेको बताउनु भयो । समुह ५६ का संयोजक जी. वी. खड्काको सभापतित्वमा संचालित कार्यक्रम मानव अधिकार र दायित्व बिषयमा सबैले आ-आफ्नो धारणा राख्नुभएको थियो ।