आज ‘दर’ खाने दिनः खानुहोस् यस्ता परिकार

100

काठमाडौं । भोली हरितालिका तिज पर्व त्यसैले आज दर खाने दिन हो । ‘दर’ भन्ने बित्तिकै ‘आमा’ले पकाएको मिठो-मिठो खाने कुरा भन्दा फरक नपर्न सक्छ । भोली दिनभर वर्त बस्ने भएकाले पनि महिलाहरुले दर खाना स्वस्थकर खाना खादा नै उत्तम हुनेछ । त्यसैले यस्ता परिकार बनाएर खादाँ स्वास्थ्यमा समेत फाइदा पुग्दछ ।

हामी सधैं दाल, भात तरकारी खान्छौँ, त्यसैले दरमा चाम्रे, आलुको कवाब, ढकनी, खिर, पुलाउ बनाएर खादाँ राम्रो हुन्छ। धेरै चिल्लो खाना खानु हुँदैन घिउहरू आफ्नो स्वास्थ्यले के कति पचाउन सकिन्छ त्यो अनुसार सेल, पुरी, हलुवा समेत खान सकिन्छ । हामीले गेडागुडी सागपात खाने गर्नुपर्छ। सलाद खादाँ समेत राम्रो हुन्छ ।

माछा मासु खानु हुँदैन भने पनिर च्याउ खाँदा हुन्छ। खानेले थोरै मसला र चिल्लो राखेर बोसो रहित मासु खादा समेत हुन्छ । तपाईको शरिरको रोग र अवस्था हेरेर खाना खाने बानी गर्नु पर्दछ यो दरमा मात्र नभएर अन्य दिन पनि यसो गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।