भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार मध्यपुरथिमिको वनमा एक जना महिलाको शव भेटिएको छ । शनिबार बिहान मध्यपुरथिमी नगरपालीका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा महिलाको शव देखिपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी परिसरका सूचना अधिकारी डीएसपी बसन्त पाठकका अनुसार घाँसपात काटन गएका स्थानियले रुखमा सलको पासो भएको, शरिरमा कुर्था सुरुवाल लगाएको सडेगलेको अवस्थामा लास दखेका थिए ।
उक्त खबर प्राप्त हुनासाथ उक्त स्थानमा अनुसन्धानको लागी वृत थिमीबाट प्रहरी टोली गई बुझदा मृतक सुर्यविनायक
नगपालीका-२, बालकोटस्थित बंगलामुखी बस्ने बर्ष ६१ कि परमेश्वरी दाहाल भएको डीएसपी पाठकले बताए ।
मृतककी छोरी जानुका दाहालले गएको साउन १० गते गते मेरो आमा हराएको भनी बृत ठिमीको महिला सेलमा निबेदन दिएकी थिइन् । आफन्तहरु घटनास्थलमा आई सकेकोपछि शवको पो.मा.को लागी के.एम.सि. दुवाकोट पठाएको र सो सम्बन्धमा थप अनुसन्धान भैरहेका प्रहरीले जानकारी दिएको छ ।