काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतीकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौँला ३० कायम भइ कारोबार भइरहेको छ ।
समितिका अनुसार कुरिलो प्रतीकेजी ४५०, केरा दर्जनको १४०, अनार ३२०, नासपाती ८०, एभोकाडो २००, कालो अङ्गुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३६०, छडी माछा २४०, मुँगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।