बैतडी : चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। बिहीबार मध्यान्ह १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला चितुवाले पुजालाई आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी पुजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र,मेलौली ल्याइएको र त्यसपश्चात थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो। डडेल्धुरामा पनि उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रिफर गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
घाइते पुजाको टाउको र शरिरका अन्य भागमा पनि चोट रहेको छ। उनले भने, ‘पुजाको टाउकोमा रगत जमेको र टाउकोको हड्डीमा पनि चोट रहेको भनेर डडेल्धुरा अस्पताले जानकारी दिएको छ। सिटिस्क्यान गर्नुपर्ने देखिएकोले धनगढी रेफर गरिएको छ। धनगढीमा आइसीयूमा राखेर उपचार भइरहेको छ।’
ाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताए। आक्रमणपछि चितुवाले पुजालाई ३०० मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयले होहल्ला गरेपछि छाडेको थियो। चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्। तल्लोस्वराडमा गएको १२ वर्षयता । चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ