सिन्धुपाल्चोकमा कार दुर्घटना २ जनाको मृत्यु

92

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा कार पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सो घटनामा परि चार जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार काठमाडौंकालागि छुटेको बा १५ च. ९३७० नम्बरको कार शनिबार राति २ बजे माथिल्लो मोडबाट तल खस्दा दुर्घटना भएको थियोे ।

सवारी अन्दाजी तीन सय मिटर तल खस्दा रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चार घाइतेलाई उपचार्थ धुलिखेल अस्पताल रिफर गरिएको छ । उक्त कारका चालक मृतक महर्जन थिए ।