ओलीको आरोप अदालतले होइन, प्रचण्डले नेकपा फुटाएका हुन्

23

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ । ‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो ।

त्यसपछि प्रचण्डले माओवादी फुटाएर लगेको र माधव नेपालले पटकपटक फुटाउन खोज्दा निर्वाचन आयोग, सभामुखको संयुक्त साँटगाँठबाट एमालेलाई पुनः विभाजन गरेको बताए । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिप्लट दर्ता गर्न जाँदा हुन्थ्यो’, कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘नाम मात्रैको कुरा थियो । तर त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । भागे ।’