पर्वत : डोरी समातेर झरनामा तल माथि आउजाउ गर्ने खेल क्यानोनिङ खेल्दा कास्कीमा एक युवतीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ घलेलमा रहेको पोखरा कार्यान्वयन क्यानोनिङ गर्ने क्रममा २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो।पोखरा महानगरपालिका–बुढीबजारमा घर भएकी भण्डारी बुधबार दिउँसो झरनामा अचानक लडेर घाइते भएपछि उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो। अस्पताल लगेर जाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ।