गुल्मी : जिल्लामा विपद्का घटनाबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा विभिन्न विपद्का घटनामा १७ जनाको मृत्यु भएको छ ।बाढी र डुवानका कारण आठ, आगलागीमा ६ र चट्याङ लागेर तीनजनाले ज्यान गुमाएको प्रधानले जानकारी दिए । यो अवधिमा विपद्का घटनामा परी ९ जना घाइते भएका छन्।आर्थिक वर्ष २०७८/०७९ मा १३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा १३ जनाको मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।विपद्का घटना न्यूनकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।













