सुनको मूल्यमा वृद्धि

39

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० कायम भएको छ। जुन हालसम्मकै उच्च हो ।

बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।