घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

33

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा रहेका नेवार समुदायले आज गथामुगः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन् । यो समुदायमा प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशीका दिन यो पर्व मनाइन्छ। यो पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउने र भूत, प्रेत र पिशाचलाई धपाउने विधि गरिन्छ। घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीनमुखे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ ।