चाँगुनारायणका वडाअध्यक्ष खड्काले चलाएको कार दुर्घटना

555

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ५ मा   सवारी दुर्घटना भएको छ । सोमबार साझ सोही वडाका अध्यक्ष जयन्द्र खडकाले चलाएको बा. १२ च १९३० नं को कार आफै अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार डेकोचाबाट  चाँगु तर्फ जाँदै गर्दा  वडा अध्यक्ष आफैंले चलाएको कार दुर्घटना भएको हो ।

वडाअध्यक्ष  खड्का घाइते भइ उपचारको लागी स्थानिय मेडिकल गएकोमा सामान्य उपचार पस्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।  उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले बतायो । ,”वडा अध्यक्ष खड्का आफन्तको साथमा कारमा सवार थिए”  प्रहरीले भन्यो ।