सल्यान : सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान १०:३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा१ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तार स्टेमा छोइँदा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। मृतक २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी सूचना तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एकजना घाइते भएका छन् भने अन्य यात्रु सकुशल छन्।घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ।