Monday, September 28, 2026
Home राजनीति गिरिजाको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिन्छ: शशांक कोइराला

गिरिजाको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिन्छ: शशांक कोइराला

48

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताएका छन्।गिरिजामा अदम्य साहस र निर्णय क्षमता रहेको शशांकको भनाइ थियो।गिरिजाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो।’गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनले बताए।‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो,’ उनले भने।