भक्तपुरमा अनेरास्ववियुको रक्तदान कार्यक्रम सम्पन्न

109

भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मदन जयन्तीको अवसरमा भक्तपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रस भक्तपुर जिल्ला शाखको प्राविधिक सहयोगमा यो कार्यक्रम भएको हो । अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष नारायण घर्तीको प्रमुख आतिथ्यमा भक्तपुर बहुमुखी क्याम्पस कमिटि र अनेरास्ववियु भक्तपुर जिल्ला कमिटि ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भएको छ । उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको जिल्ला अध्यक्ष पुष्पराज ढकालले जानकारी दिएका छन् ।