एकिकृत पाठ्यक्रम अभिमुखीकरण कार्यक्रम सम्पन्न

49

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम कक्षा १-३ का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम २०८० सम्पन्न गरेको छ । शिक्षकहरुलाई कार्यक्रमको सहजीकरण पाठ्यक्रम विकास केन्द्रका पूर्वअधिकृत खिल नारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा एकिकृत पाठ्यक्रम सम्बन्धि शि़क्षकहरुले नबुझेका विषयहरुमा छलफल गर्नुका साथै मूल्याकंन सम्बन्धि सहजीकरण गरिएको थियो ।
नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम सम्बन्धि ज्ञान शिक्षकहरुले जान्नु र बुझ्नु पर्ने सबै भन्दा पहिलो ज्ञान भएकोले यो अभिमुखीकरण आयोजना गरेको बताए । परिमार्जित एकिकृत पाठ्यक्रम कक्षा १-३ को बारेमा विषय शिक्षकहरुमा पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्यघण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन आदि सम्बन्धि बुझ्न पनि आजको प्रशिक्षणले टेवा पुग्ने अध्यक्ष खड्काले बताए । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि कक्षा ३ सम्मका १५१ जना उक्त कार्यक्रम सहभागीता रहेको थियो ।