काभ्रेमा श्रीमानको कुटाइबाट महिला वडासदस्यको मृत्यु

366

काभ्रे । आफ्नै श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ। श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थप उपचारकै क्रम्मा बिहिबार बिहान मृत्यु भएको हो । ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई जिल्ला प्रहरीले पक्राउ गरिसकेको छ । उनको शव अहिले पोष्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरायसी झगडाको क्रममा जेठ २९ गते राती शम्भुले ज्ञानीमाथि कुटपिट गरेका स्थानीयहरुले जनाएका छन्।