पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण रुपमा पालना होस्ः प्रेस चौतारी भक्तपुर

143

भक्तपुर । श्रमजिवि पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकार महासंघले जारी गरेको १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेको छ । विहिबार केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।

बैठकमा उपस्थित उपत्यका इन्र्चाज हेमराज सिलवाल, भक्तपुर इन्र्चाज रमेश गिरी, अनुशासन आयोगका सदस्य रामचन्द्र प्रजापतिलगायतले शुद्धिकरण पालना गर्ने र गराउन प्रतिवद्ध रहने निर्णय गरेको जिल्ला अध्यक्ष ढकालले बताए । साथै आजनै सचिव आशिष पौडेलद्धारा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई १५ बुदेँ शुद्धिकरण मापदण्ड पालना गर्न ध्यानाकर्षण समेत गराइएको छ ।