सदनमा एक्लो महसुस हुन्छः प्रधानमन्त्री दाहाल

43
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । सदनमा विपक्षीको गतिविधि देख्दा र सरकारले गरेका सकारात्मक कामको प्रभावकारी प्रचार नहुँदा आफुले एक्लो महशुस गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई छ । बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो। प्रधानमन्त्री प्रचण्डले समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सरकार तत्पर रहेको तर आफूअनुकूल पारेर फाइदा गर्न चाहने तत्त्वले रोकेको बताउँदै यसमा पनि जित हासिल गर्ने आश्वास दिलाएका थिए।प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने दोहोर्‍याएका छन्।