जसपाको विधान मस्यौदा समितिको बैठक जारी

74

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक जारी छ। जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार बिहानदेखि समितिको बैठक जारी रहेको जानकारी दिए।
उनका अनुसार बैठकमा विधानको प्रारम्भिक मस्यौदा उपर विभिन्न पार्टी समिति र संगठनहरूबाट प्राप्त सुझावमाथि केन्द्रित छ। ​जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधि रहनेछन्। जसपाले आगामी असार ९, १० र ११ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ।