मनोज केसी रास्वपा सुर्यविनायक नगर सभापतिमा चयन

243

भक्तपुर । मजोज केसी राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समितिको सभापतिमा  चयन भएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिको बृहत वैठकले केसीको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।समितिको उपसभापतिमा राजु राउत, सचिवमा आस्था बस्नेत, कोषाध्यक्षमा दिपेन्द्र परियार छानिएका छन् । त्यसैगरी सदस्यमा सुशान्त डोटेल, दिनेश न्यौपाने, श्याम कुमार महत, सन्तोषी नगरकोटी, रामकृष्ण देउजा, सुनिला देउजा र शुसिल ढुंगेल रहेका छन् । नगरसमिति गठन कार्यक्रममा आफुहरुले सोचेभन्दा राम्रो संख्यामा सर्वसाधारणको उपस्थिति भएपछि आफुहरु थप हौसिएको नवगठित नगर समितिका सभापति केसीले बताए ।

नगर समिति गठन कार्यक्रमलाई सम्बोधनगर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा सधै नागरिकको पक्षमा काम गर्ने, राम्रो काम गरेर सरकारलाई सहयोग गर्ने र नराम्रो काममा सधै खवरदारीगर्दै प्रतिपक्षका रुपमा उभिने बताए । सभापति लामिछानेले बढ्दो भ्रष्टाचार, कमिसनतन्त्र र जनताको काममा हुने ढिलासुस्तीका बिरुद्ध खरो रुपमा उत्रने बताए । लामिछानेले भने, ‘‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उनलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस् ।, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि कारबाही गर्नूस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं ।”