ओली निवासमाः प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा, तस्विरमा हेरौं

22

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा सोमबार बिहान एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवास पुगेका थिए।

एमाले अध्यक्ष ओली केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामी परेका छन्। उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट पुगेका हुन्।सभामुखसहित तीन नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफलको छ।