एजेन्सी । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ । सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ ।
जसरि एकपटक बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन | त्यसरी नै हामीले बोलेको प्रतेक विचारले हाम्रो जीवनमा धेरै प्रभाब पार्ने गर्छ |
मलाई लाग्छ तपाईं मसँग सहमत हुनुहुनेछ जब म भन्नेछु:
सकारात्मक सोचको शक्ति उल्लेखनीय छ। वास्तवमा, सकारात्मक सोचले तपाइको जीवन परिवर्तन गर्न सक्छ |
म तपाईंलाई आश्वस्त गर्न सक्छु कि, यदि तपाइले आफुलाई म राम्रो गर्न सक्छु, म हरेक कुरामा सफलता हासिल गर्न सक्छु भनेर सोच्नु भयो भने तपाइको जीवनमा छिटै नै राम्रो दिशातिर मोडिन सक्छ | म तपाईहरुलाई एउटा प्रस्न सोध्न चाहन्छु |
के तपाईहरुलाइ थाहा छ कि सफल, खुसि र सकारात्मक व्यक्तिहरु दिन भरि के सोचेर बस्ने गर्छन | उनीहरुले बिहानै उठ्दा के सोचेर आफ्नो खाटबाट निस्कने गर्छन होला |
उत्तर एकदम सरल छ …
स्वस्थ, खुशी व्यक्तिहरू आजको दिन कसरि उपयोगी बनाउने भनेर सोच्दछन र कसरि सफलता हासिल गर्ने भनेर प्राय जस्तो सोच्ने गर्दछन | यसरि सकारात्मक दृष्टिकोणको विकासले तपाईंको सम्पूर्ण जीवनलाई सच्चाइमा परिवर्तन गर्न सक्दछ।
एलोन मस्क एक सकारात्मक सोच राख्ने व्यक्ति हुन् र एक सफल बिजनेस मानिस हुन् | उनि भन्ने गर्छन कि हरेक साधारण मानिस, असाधारण मानिस बन्न सक्छ | यसका लागि बस तपाइले सकारात्मक सोच राख्नु पर्ने हुन्छ |
असफल केहि छैन, म गर्न सक्छु भनेर सकारात्मक सोच राख्न सक्नु चाही पर्छ | सकारात्मक सोच नै तपाइको सफलताको पहिलो खुड्किलो पनि हो |
सकारात्मक सोच राख्न सकारात्मक हुन हामीले निम्न कुरामा ध्यान दिन सक्छौ |
– स्वास्थ्यमा ध्यान दिने ।नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।
– विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
– खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
– स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
– कसैको इष्र्या र डाहा नगर्ने ।
– आफ्नो काममा नै मस्त हुने ।
– बढि महत्वकांक्षी नहुने ।
– आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
– देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
– आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।
आजको समयमा हरेक मानिस डिप्रेसन जस्तो रोगबाट ग्रसीत भएको हुन्छन | एक विद्वानले भनेका छन् कि यदि तपाइलाई डिप्रेसन
भएको छ भने तपाई भुतकाल यानिकी पुरानो कुरामा बाची रहनु भएको छ | यदि तपाई शान्त भएर बाच्नु भएको छ भने तपाई वर्तमानमा बचिरहनु भएको छ | यसरि बर्तमानमा बाच्नका लागि तपाइले सकारात्मक सोच राख्नु पर्ने छ |