Saturday, October 10, 2026
Home राजनीति तनहुँका जोशी समूह र कांग्रेसबीच कुरा मिलेन

तनहुँका जोशी समूह र कांग्रेसबीच कुरा मिलेन

31

काठमाडौं । गोविन्दराज जोशी समूहले अहिलेका लागि नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ।कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन्।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौं,’ जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं।’ कांग्रेसले गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट जोशीलगायत तनहुँ, चितवन र बारामा २०७९ को चुनावअघिका चुनावमा आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूको कारबाही फुकुवा गरेको थियो। त्यसपछि कांग्रेस र जोशी समूहबीच वार्ता भइरहेका थिए। जोशीका छोरा दीपकराजले केहि दिनअघि सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानीसमेत गरेका थिए।