काभ्रेमा गाउँको बहिनीलाई भारत लगेर बिक्रि गर्ने पक्राउ

53

काभ्रे । प्रहरीले आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । २६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को प्रेम लामा भन्ने ओम बहादुर तामाङ पक्राउ परेका हुन्।

तामाङले २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाण्डौ हुँदै झुक्याएर दिल्लीस्थित ३ नं। कोठीमा लगेर भारु. ३५,००० मा बेचेका थिए । चार वर्षसम्म वेश्यालयमा नारकीय जीवन बिताएकी पीडितले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा लामा विरुद्ध जाहेरी दिएकी थिइन् । तेमाल गाउँपालिका वडा नं. ३ सरमथली घर भएका निज प्रतिवादी तामाङ वारदातकै समयदेखि फरार थिए ।

काभ्रेपलाञ्चोक प्रहरीको पुराना मुद्दा फर्छ्यौट गर्ने विशेष पहलका क्रममा फरार प्रतिवादी तामाङ २०७९ चैत २६ गते काठमाडौं महानगरपालिका वडा नं.१५ भगवानपाउबाट पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई सम्मानित जिल्ला अदालत काभ्रेपालञ्चोकबाट जिउ मास्ने बच्ने ९मानव बेचबिखन तथा ओसार पसार मुद्दा शिर्षकमा पहिलो पटकलाई दिन सात ९७० म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ।