आज प्रतितोला ८ सयले घट्यो सुनको मूल्य

37

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन आज (बिहीबार) भने तोलामा ८ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको थियो । यस्तैगरी आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।