न्यायाधीश घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दा

55

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम वहसको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजालासमा मुद्दाको पेशी तोकिएपनि सुनुवाइ हुने सम्भावना कमजोर रहेको छ।

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो। त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो। आज घिमिरेको इजालासमा अन्तिमबाट दोस्रो स्थानमा सन्दीपको मुद्दा परेको छ। उनको मुद्दा छैटौँ नम्बरमा रहेका कारण आज सुनुवाई हुने सम्भावना कमजोर रहेको हो।