कमलामाई नगरपालिकाका कृषकलाई होमस्टे सम्बन्धी अभिमुखिकरण सम्पन्न

91

काठमाडौं । सिन्धुलीको जिल्लाको कमलामाई नगरपालिकामा कृषकहरुलाई २ दिने होमस्टे घरवास० अभिमुखिकरण तथा आतिथ्यता तालिम मिति २०७९ चैत्र २० गते सप्पन्न भएको छ । नगरपालिकाको वडा न. ४ र ५ का २७ जना कृषकहरुलाई २ दिने होमस्टे ९घरवास० अभिमुखिकरण तथा आतिथ्यता तालिम सप्पन्न भएको हो। नेपाल एकीकृत ग्रामीण बिकास परियोजना, सिकाई केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत वल्र्ड नेवर्सको आर्थिक सहयता तथा सिड्स नेपाल सिन्धुलीको आयोजनामा २७ जना कृषकहरुलाई होमस्टे अभिमुखिकरण तथा आतिथ्यता
तालिम दिइएको हो ।

कमलामाई नगरपालिकाको ज्यामिरे र आहाले स्थित सबै कृषकहरु बेमौसमी जैविक प्रबिधिको कृषि गर्ने र त्यहा कृषि सिकाई केन्द्र समेत भएकोले, सिक्न आउने किसानहरुलाई किसानकै घरमा राख्नको लागि तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ । प्रमुख अतिथी सिड्स नेपालका अध्यक्ष दिपक घिमिरे, बावुराजा महर्जन वरिष्ठ उपाध्यक्ष, होमस्टे महासघ नेपाल, कार्यक्रम संचालक उज्वल खतिवडा, कार्यक्रम सहजकर्ता, सिड्स नेपाल, प्रशिक्षक सुरज बास्तोला, कोषाध्यक्ष, होमस्टे महासघ नेपालको उपस्थिती रहेको थियो ।