भक्तपुरमा बागमती प्रदेश खेलकुदकालागि खेलाडी छनौट सुरु

73

भक्तपुर । भक्तपुरमा बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनौट सुरु भएको छ । सो कार्यक्रमको एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन हुने बताए । ‘प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी.एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने छ,’ थापाले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष नेपालले शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताए । उनले भने’खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिनेछ ।’ खेलकुद मानवीय जीवनको अंग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक भएको नेपालको भनाई छ ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति थापाले भक्तपुरमा खेलुकुदको विकास तिब्र गतिमा भइरहेको बताउदै जानकारी दिए । थापाले भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन उत्कृष्ठ खेलाडी रहेका खेलकुदको जिल्ला भएकाले खेलकुदका गतिबिधि व्यापक भइरहेको बताए ।