भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित श्री कृष्ण माविको ८ कोठे भबन निर्माण सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यमा नवनिर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन बजगाईले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष धन ब लामा , ७ का वडा अध्यक्ष श्यामकृष्ण नायाजु, श्री कृष्ण माबिका प्रअ अरुण कुमार चौधरी, श्री कृष्ण बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष राधाकृष्ण लामिछाने लगायतको उपस्थिती रहेको थियो । ८ कोठे उक्त भवन करिब २ करोड ६७ लाख मुल्यमा निर्माण सम्पन्न भएको अध्यक्ष बजगाइले जानकारी दिए ।














