काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीका एक सांसदले दिएको जानकारीअनुसार रास्वपाले जनमत पार्टीका उम्मेदवार ममता झालाई मतदान गर्ने निर्णय गरेको हो ।
पार्टीसँग १९ संघीय सांसद छन् । यो एक हजार ५०१ मतभार हो । रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक उन्मुक्तिको पनि मत पर्नेछ ।