यस्ताे छ उपराष्ट्रपति निर्वाचनको चहलपहल (फाेटाे फिचर)

34

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन सुरु भएसँगै  संसद् भवन परिसरमा चहलपहल पनि बाक्लो भइरहेको छ। ‍आज शुक्रबार जारी मुलुकको नयाँ उपराष्ट्रपति पदका लागि बिहान साढे १० बजेबाट मतदान सुरु भएको हो।

यो समाचार तयार पार्दासम्म जसपा नेपालका सांसद् रामसहायप्रसाद यादवसहित केही सांसदले मतदान गरिसकेका छन्। उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन्।

यद्यपि, प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छन्। निर्वाचन आयोगका अनुसार नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से मलमा भइरहेको मतदान कार्य ३ बजेसम्म रहने छ। मतदान कार्य सकिएसँगै मत गणनाकार्य भइ साँझ ६ बजेसम्म नतिजा आइसक्नेछ। उम्मेदवार यादवसँगै नेकपा एमालेबाट उम्मेदवार बनेकी शाक्य तदान स्थलमा छन्। मतदान स्थलमा किरियापुत्रीको अवस्थामा पनि एक सांसद् मतदान गर्नको लागि पुकेका थिए। उनले त्यहाँ पुगेर मतदान गरिसकेका छन्।