पोखरा । चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा(१८ भकुन्डेमा चितुवा आक्रमणबाट दुई जना घाइते भएका हुन । बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा पसेको चितुवाले आक्रमण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सिना घाइते भएका हुन् । घाइते दुवैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था अहिले सामान्य छ ।