पोलियो खोप अभियान सुरु

91

काठमाडौँ । पाकिस्तानमा पोलियोका बिरामीहरु देखिएपछि खोप अभियान सुरु गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि सरकारले सोमबारदेखि पोलियो खोप अभियान सुरु गरेको हो ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ । सिन्धको प्रान्तीय सरकारले सोमबारदेखि यो अभियान सुरु गरेको र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।

सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई खोप दिइने बताइएको छ । त्यसपछि अर्को अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।