ग्लिटर फ्युचर स्कुलको वार्षिकोत्सव सम्पन्न

62

भक्तपुर । बारहीस्थान भक्तपुरमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विद्यालयका संचालक तथा अध्यक्ष जिवेश सिटिखूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रममा अतिथि भक्तपुर वडा ४ का अध्यक्ष उपेन्द्र सुवाल र नेशनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां र राष्ट्रिय युवा परिषदका सदस्य मुकेश योन्जनले शुभकामना दिएका छन् ।

नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयले गरेका शैक्षिक एवं अनिवार्य क्रियाकलापको चर्चा गर्दै अभिभावकहरुलाई स्कुल प्रति सकारात्मक भूमिकामा रहि आफ्ना बालबालिकाहरुलाई अध्ययनमा प्रेरित गर्नु पर्ने बताए ।एसईई वर्ष २०७५ देखि २०७८ मा उत्तीर्ण हुने पूर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान र कक्षागत शैक्षिक पुरस्कारका साथै अनिवार्य क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका संचालकरप्रिन्सिपल राम प्रसाद खाताखोले विद्यालयको गतिविधि प्रष्ट्याउदै अभिभावक तथा विद्यार्थीहरुलाई सहजता प्रदान गर्न स्कुल बस र दिवा खाजाको व्यवस्था गरिएको बताए ।कार्यक्रममा विद्यार्थीहरुको विविध साँस्कृतिक प्रस्तुति, प्रतिभा प्रस्फुटन र खेल प्रस्तुतिहरु राखिएको सो कार्यक्रममा अतिथिहरु नेशनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष दिनेश शाक्य, विनोद लामा, श्रीराम सुवाल लगाएतको उपस्थिति रहेको थियो ।