राप्रपाले बोलायो केन्द्रिय कार्यसम्पादन समितिको बैठक

27

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौँ । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौँ’ प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने । राष्ट्रपतिमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।