काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित कफीसपबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।
नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डिएसपी निशान्त श्री वास्तवका अनुसार कफी सपको छतबाट खसेपछि उपाध्याय सख्त घाइते भई उपचारका लागि अस्पताल लगिएको थियो । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।