कांग्रेस–एमाले एकमतः प्रदेश १ को नाम ‘कोसी’ राख्न सहमत

237

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस प्रदेश १ को नाम ‘कोसी’ राख्न सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् ।यी दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए ।
ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको छन् ।