भोलिदेखि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनकालागि आचारसंहिता लागू

66

काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीका हकमा लागू हुनेछ। त्यसैगरी सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, उम्मेदवर तथा उम्मेदवारका प्रतिनिधिका हकमा लागू हुनेछ । यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा लागू हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्वाचन आचार संहित पालना गरी निर्वाचनको स्वच्छता र विश्वासनीयता कायम गर्नु सबै पक्षको दायित्व र जिम्मेवारी भएको आयोगले जनाएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा संघीय संसद ९प्रतिनिधिसभा र राष्ट्रिय सभा०मा हाल कायम रहेका ३३२ र सातवटै प्रदेशसभाका ५५० सदस्य गरी कुल ८८२ मतदाता रहेका छन्। आचारसंहिता गत भदौ १३ गते नै नेपाल राजपत्र खण्ड–७२, संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।