भक्तपुरमा पूर्वसहसचिवको घरको जग खन्दा कामदार पुरिए, अवस्था गम्भिर

161

भक्तपुर । भक्तपुरमा पूर्वसहसचिवको घरको जग खन्दा एक कामदार पुरिएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रजित के.सीका अनुसार आइतबार बिहान
मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली खरिबोट बासुकी कोलोनी नजिक भएको घटनामा एक जना कामदार पुरिएका हुन् । पुर्व सहसचिब तुलसी प्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा सुनसरी बराहक्षेत्र नपा-४ मञ्जय विश्वकर्मा गम्भिर घाइते भएका हुन् ।

photo: nepal police bkt

जग खन्दा एक्कासी उच्च अदालत वुटवलको मुख्य न्यायधिस छिमेकी राम प्रसाद ओलिको घरको उत्तरतर्फको ढुङगा र ईट्टाको पर्खाल लडेको थियो । सो पर्खाल लड्दा विश्वकर्मा पुरिएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी बृत ठिमीबाट प्रनाउ रविन श्रेष्ठ र शसस्त्र प्रहरी सहायक निरीक्षकको टोली गई उद्दार गरेको प्रहरी जानकारी दिएको छ । बोल्न नसक्ने गम्भिर अवस्थामा रहेका घाइतेको नागरीक अस्पतालमा उपचार भइरहेको छ ।