‘अव्यवस्थित इन्टरनेट तार ७ दिनभित्र हटाउ’

130

ललितपुर । ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा राखेका इन्टरनेटका तार हटाउन निर्देशन दिएको छ।इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल(पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको हो।

यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ। ‘यदि ७ दिनभित्र सम्बन्धित निकायले यस्ता तार आफैं नहटाए ललितपुर महानगरले कारबाही गर्ने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।