आजपनि घट्यो सुनको मूल्य

44

काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो।