काठमाडौँ । बिहीबारदेखि आत्मनिर्भर लघुवित्तले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको छ । लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।
जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।उक्त आईपीओमा सर्वसाधारण लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ ।