६ बुक ताससहित जुवाडे पक्राउ

82

काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।